अख्तियारबाट भ्रष्टाचार आरोपमा आयल निगमका वरिष्ठ सहायक पक्राउ

काठमाण्डु टुडे २०७० असोज ११ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, ११ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको बोनस बाँड्ने निर्णयमा दोषी रहेको भन्दै थप एक जनालाई पक्राउ गरेको छ ।
akhtiyarअख्तियारले आयोगका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई शुक्रबार पक्रेको हो । यस्तै उनीमाथि यसअघि अख्तियारले पक्राउ गरेको विरोधमा वक्तव्य निकालेको र टेलिभिजनमा अन्तर्वार्ता दिएर अनुसन्धान प्रक्रियामा व्यवधान गर्न खोजेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाले न्यौपानेलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

आथिर्क वर्ष २०६५ र ६६ को मुनाफाबापत बोनस बाँडेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यसअघि आयल निगमका महाप्रवन्धक सुरेशकुमार अग्रवालसहित चार अधिकारीलाई यसअघि पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us