मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १४ गते ३:४० मा प्रकाशित

काठमाण्डु, १४ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बेलबारी ९ मा गएराती मे १ प ५५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रिक्सासँग ठोक्किदा मोटरसाइकल चालक झापा अनारमनीका ५८ बर्षीय ईन्द्रप्रसाद ढकालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us