जनकपुरका विद्यार्थीले रोबोट बनाए

काठमाण्डु टुडे २०७० असोज १३ गते ५:०२ मा प्रकाशित

Janakpur-robortजनकपुरधाम, १३ असोज – धनुषाका युवा कृष्णा कुमार मण्डलले रोबोट बनाएका छन् । दुई वर्षको प्रयासपछि बनाइएको रोबट जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरस्थित धनुषा साइन्स क्याम्पस कक्षा १२ मा अध्ययनरत मण्डलले बनाएको रोबोटलाई ‘रुसी एस फोर के टुएल्भ’ नाम दिइएको छ ।

रोबट बनाउन एक लाख रुपैयाँ खर्च लागेको जनाउँदै मण्डलले सबै खर्च घरपरिवारले नै उपलब्ध गराएको बताए । उक्त रोबटमा चारवटा सिस्टम र बाह्रवटा बटम रहेको छ । कम पावरको रिमोट भएकाले पाँचसय मिटरको दूरीसम्म मात्रै काम गर्ने उनले बताए । रोबटले रिमोट कन्ट्रोल नियन्त्रणमा रही मानिस जस्तै हातलाई अगाडि पछाडि गर्ने, हिँड्ने, वस्तुलाई समातेर उचाल्नेलगायतका चाल देखाउने गरेको छ । उनका अनुसार रोबर्टमा स्थानीय सामग्रीहरु जस्तै रजिष्ट्रान्स, आइसी सेन्टर, ट्रान्जिस्टर, ग्रीन मोटर, घरेलु पार्टस्, रिले, इलेक्ट्रोनिक्स र मेकानिक्स पार्टसको प्रयोग गरिएको छ ।

धनुषा जिल्ला वासुदेवपट्टि पचहर्वा–५ का अरूण मण्डल र जुरनीदेवी मण्डलको कोखबाट २०५० सालमा जन्मेका मण्डलले यसअघि रुसी एयर पावर बनाएका थिए । भविष्यमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन पढेर रोबर्टिक्स बन्ने उनको चाहना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us