गभर्नर खतिवडा अस्वस्थ, अस्पताल भर्ना

काठमाण्डु टुडे २०७० असोज १३ गते ८:१९ मा प्रकाशित

yuvaraj khatiwadaकाठमाण्डु, १३ असोज– नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि ५७ वर्षीय खतिवडालाई गएराति काठमाण्डुको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग प्रतिष्ठानमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार खतिवडाको मुटुमा पेसमेकर राख्ने तयारी भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार खतिवडाको मुटुमा  अस्थायी र स्याथी मेसमेकर राख्ने सम्बन्धमा चकित्सकहरु छलफलमा छन् । गभर्नर खतिवडा विगत केही वर्षयता नियमित रुपमा मुटुको औषधि सेवन गर्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us