वैद्य मोर्चाबाट वार्ताको अपिल

काठमाण्डु टुडे २०७० असोज १३ गते १४:३१ मा प्रकाशित

काठमाण्डु, १३ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले उच्चस्तरीय राजनीकि समितिमा रहेका मुख्य चार दलसँग वार्ताका लागि अपिल गरेको mohan baidhyaछ ।
मोर्चाका तर्फबाट आइतबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी सचिव देव गुरुङले मुलुकलाई सम्भावित द्वन्द्वको खतराबाट जोगाउन चार दललाई वार्तामा बोलाएका हुन् । ‘विद्यमान संकट समाधान गर्दै संविधानसभाको दोश्रो निर्वाचन सम्पन्न गर्नका लागि नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको तर्फबाट ४ दलका नेताहरुसँग फेरि पनि वार्ताको आह्वान गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको यस घडीमा मुलुकको गम्भीर स्थितिबारे सबै दलहरुले गम्भीरतापूर्वक लिई राष्ट्रिय सहमति कायम गर्न र समस्या समाधान गर्नका लागि हादिर्क आग्रह गर्दछ ।’

मोर्चाले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारी निर्णयमा आपत्ति जनाएको छ । निर्वाचनमा सेना प्रयोग गर्न खोज्नु गम्भीर भुल हुने मोर्चाको चेतावनी छ । ‘नेपाली सेनाको परिचालन, राजनीतिक र प्रशासनिक नेतृत्वको कमाण्डविना स्वयम् नेपाली सेनाको नेतृत्वमा असीमित क्षेत्राधिकारसहित राज्यका सबै सुरक्षा निकायहरुबीच एकीकृत रुपमा परिचालन गर्ने सरकारी निर्णयबाट प्रकारान्तरले प्राप्त सीमित लोकतन्त्रलाई पनि विस्थापित गरेर जङ्गी शासनतर्फ जान सक्दैन भनेर भन्न सकिन्न’, विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us