दुई बर्षपछि भ्रष्टाचारी पक्राउ

काठमाण्डु टुडे २०७० असोज १४ गते ३:४५ मा प्रकाशित

स्याङ्जा, १४ असोज– जिल्ला अदालत स्याङ्जाबाट साढे दुई वर्षअघि भ्रष्टाचारी ठहर जिल्ला मालपोत कार्यालय स्याङ्जाका तत्कालीन खरिदार ध्रुवराज ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेका ढुङ्गानालाई जेल चलान गरिएको प्रंहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार स्याङ्जाको छाङछाङ्दी गाविस–३ स्थायी घर भएका ढुङ्गानालाई २०६८ साल जेठ २७ गते जिल्ला अदालतले भ्रष्टाचारी ठहर गर्दै दुई वर्ष कैदसजाय सुनाएको थियो । त्यसलगत्तै उनी फरार थिए । ढुङ्गानाले मालपोतमा रोक्का गरेको जग्गालाई प्रक्रिया नपु¥याई फुकुवा गरी भ्रष्टाचार गरेका थिए ।

त्यसैगरी सवारी ज्यान मुद्दामा पुनरावेदन अदालत पोखराले एक वर्षको कैद सजाय सुनाएका स्याङ्जा दार्सिङ दहथुम गाविस–९ का विष्णुबहादुर श्रेष्ठलाई पनि आइतबार पक्राउ गरी जेल चलान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us