
भक्तपुर, १५ असोज– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आउादो मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल भक्तपुर शाखाले मंगलबार गरेको ‘संविधानसभा निर्वाचन सङ्घीयता र समृद्ध नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उहााले संविधान बनाउनका लागि गरिन लागेको निर्वाचन भएकाले यसलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताए ।
संविधान निर्माण गर्न र मुलुकलाई निकास दिनका लागि प्रत्येक मतदाताले संविधान बनाउन सक्ने पार्टी छानेर मतदान गर्नुपर्ने भन्दै उनले कसैको धम्कीमा परेर वा सामान्य निर्वाचन ठानेर मतदान गर्न नगए फेरि पनि संविधान नबन्ने उल्लेख गरे ।
ज्ञवालीले नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउन अझै पनि हदैसम्म लचकता अपनाउने तर माओवादी नआए पनि निर्वाचन हुने बताए । सिङ्गो देश निर्वाचनमा होमिसकेको भन्दै ज्ञवालीले भने, ‘माओवादी निर्वाचनमा भाग नलिने उसको अधिकार हो तर निर्वाचन भने बिथोल्ने माओवादीलाई अधिकार छैन ।’
प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले आगामी संविधानसभामा एमालेलाई विजय गराउन प्रेस चौतारीले कुनै कसर बााकी नराख्ने बताए ।