राजनीति

गगन थापा भन्छन–मिति सारेर बैद्यलाई निर्वाचनमा ल्याउ

२०७० असोज १७ गते ६:३९

काठमाण्डु १७ असोज–नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संबिधानसभा निर्वाचनको घोषित मिति सारेर भएपनि निर्वाचनमा ल्याउने प्रयास जारी राख्नु पर्ने बताएका छन । सशस्त्र द्वन्द्वको एउटा पक्ष निर्वाचन प्रक्रिया बाहिर रहँदा शान्ति प्रक्रियालाई खलल पुग्ने ठहर गर्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन ।...

उम्मेदवार छान्दा गल्ती भयो : कोइराला

२०७० असोज १७ गते ४:३०

काठमाण्डु, १७ असोज– नेपाली काँग्रेसले संविधानसभा चुनावका उम्मेदवार छान्दा गल्ती भएको स्वीकार गरेको छ । उसले गल्ती कमजोरीलाई बिर्सेर चुनावमा होमिन पनि सबै कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । सभापति सुशील कोइरालाले विहीबार विज्ञप्ति निकालेर कतिपय स्थानमा योग्य र निष्ठावान नेताहरुलाई उम्मेदवार बनाउन नसकेको स्वीकार...

एमाओवादीले काठमाण्डुमा फेरि फेर्‍यो उम्मेदवार

२०७० असोज १७ गते ४:२०

काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डुमा प्रत्यक्षतर्फका उम्मेदवार पुन: परिवर्तन गरेको छ । माअ‍ोवादीले काठमाण्डु–६  मा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, ७ मा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र ९ मा नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । यसअघि हिजो प्रधानलाई ८ बाट...

हार्ने डर भएपछि कमल थापा प्रत्यक्षमा चुनाव नलड्ने

२०७० असोज १७ गते ४:१८

काठमाण्डु, १७ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधानसभामा प्रत्यक्षमा चुनाव नलड्ने भएका छन् । काठमाण्डु– ५ र मकवानपुर–१ बाट उठ्ने तयारी गरेका थापाले अन्तिम समयमा आएर प्रत्यक्षमा नलड्ने निर्णय गरेका हुन् । थापा नलड्ने भएपछि काठमाण्डु–५ मा शाहीकालीन मेयर राजाराम श्रेष्ठ र मकवानपुर–१...

अल्ट्रा लाइट जहाज दुर्घटनामा दुईजनाको मृत्यु

२०७० असोज १७ गते ४:०५

कास्की, १७ असोज – पोखरामा अल्ट्रा लाइट जहाज विहीबार विहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालक पोखराका स्टेफन श्रेष्ठ र एक चिनियाँ पर्यटकको मृत्यु भएको हो । दुवैको शव चरक अस्पतालमा राखिएको छ । पोखरा विमानस्थलबाट उडेको जहाज विहान साढे आठ...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु, १५ घाइते

२०७० असोज १७ गते ३:१५

काठमाण्डु, १७ असोज – महोत्तरी र मुस्ताङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय सरोज...

काँग्रेस कार्यालयमा तालाबन्दी

२०७० असोज १७ गते २:३५

राजविराज, १७ असोज–उम्मेदवार परिवर्तनको विवादका कारण नेपाली काँग्रेस क्षेत्र नं. १ का असन्तुष्ट कार्यकर्ताले सप्तरीको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार बनेका हेमनारायण चौधरीलाई बुधबार एकाएक हटाएर केन्द्रले लक्ष्मी गिरीको नाम चयन गरेपछि चौधरीको समर्थनमा क्षेत्रीय समितिले...

पूर्वका ९ जिल्ला बन्द

२०७० असोज १७ गते २:२३

झापा, १७ असोज – संविधानसभा निर्वाचनको विरोधमा मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले गराएको बन्दले पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लालाई लिम्बुवान् क्षेत्र भन्दै बन्द...

६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने ६७ बर्षीय वृद्ध पक्राउ

२०७० असोज १६ गते १७:३४

रुकुम, १६ असोज – ६ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा खोलागाउँ–४ सर्केनाका ६७ वर्षीय नरे खत्री पक्राउ परेका छन् । छिमेकीको छोरीलाई ललाइफकाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गरिरहेका बेला खत्रीलाई रङ्गेहात फेला पारिएको बालिकाका आफन्तजनले बताएका छन् । बालिकाकी तीन वर्षकी बहिनीलाई...

एक तिहाई महिला उम्मेदवार सिफारिस गर्न निर्वाचन आयोगको आग्रह

२०७० असोज १६ गते १४:४५

काठमाण्डु, १६ असोज–निर्वाचन आयोगले अर्को संविधानसभामा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीअनुसार एक तिहाई महिला उम्मेदवार मनोनयन गर्न राजनीतिक दललाई निर्देशन दिएको छ । संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० मा उल्लेख गरिएको प्रावधानमा रहेर मङ्सिर ४ गते हुने अर्को...

एकीकृत माओवादीबाट २ सय ४० वटै क्षेत्रमा उम्मेदवार तय

२०७० असोज १६ गते १४:२१

काठमाण्डु, १६ असोज– एकीकृत नेकपा माओवादीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत २ सय ४० वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बुधबार बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम सूची तय गरेको हो । माओवादीले अध्यक्ष प्रचण्डलाई काठमाण्डु–१० र...

चार दलका शीर्ष नेता विदेशी दलाल: वैद्य

२०७० असोज १६ गते १२:५०

काठमाण्डु, १६ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मुख्य चार दलका शीर्ष नेतृत्वमाथि सहमति र वार्ताविरोधी तथा विदेशी शक्तिको दलालको आरोप लगाएको छ । पोलिट्ब्युरो बैठकको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले प्रमुख दल सिक्किमीकरण र फाँसीवादको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us