काँग्रेस कार्यालयमा तालाबन्दी

काठमाण्डु टुडे २०७० असोज १७ गते २:३५ मा प्रकाशित

राजविराज, १७ असोज–उम्मेदवार परिवर्तनको विवादका कारण नेपाली काँग्रेस क्षेत्र नं. १ का असन्तुष्ट कार्यकर्ताले सप्तरीको कञ्चनपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार बनेका हेमनारायण चौधरीलाई बुधबार एकाएक हटाएर केन्द्रले लक्ष्मी गिरीको नाम चयन गरेपछि चौधरीको समर्थनमा क्षेत्रीय समितिले तालाबन्दी गरेको हो ।

क्षेत्रीय सचिव ओमप्रकाश चौधरीको अगुवाइमा सयौँ कार्यकर्ताले नाराजुलुस गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले चौधरीलाई उम्मेदवार बनाएको घोषणा गरिसकेर पुनः केही व्यक्तिको उक्साहटमा गिरीलाई उम्मेदवार बनाएकामा विरोध जनाउँदै पार्टी सभापतिले उम्मेदवारी नसच्याएसम्म पार्टी गतिविधिका कुनै पनि कार्यक्रम नगर्ने अडान लिएका छन् ।

जिल्लाको क्षेत्र नं. २ मा जिल्ला विकास समितिका पूर्वसभापति वीरबल बिराजी, ३ मा पूर्वगृहराज्यमन्त्री रामकुमार चौधरी, ४ मा पार्टी जिल्ला सभापति दिनेश यादव, ५ मा व्यापारी तेजुलाल चौधरी र ६ मा सुरेन्द्र यादवले टिकट पाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us