पूर्वका ९ जिल्ला बन्द

काठमाण्डु टुडे २०७० असोज १७ गते २:२३ मा प्रकाशित

झापा, १७ असोज – संविधानसभा निर्वाचनको विरोधमा मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदले गराएको बन्दले पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित भएको छ ।

परिषदले मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लालाई लिम्बुवान् क्षेत्र भन्दै बन्द आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग र कोसी राजमार्गमा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् । प्रहरीले झापाको दमकबाट सवारी साधानलाई स्कर्टिङ गरी गन्तब्यतर्फ पठाएको छ ।

यसैबीच संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन हुने भएकाले झापा सदरमुकाम चन्द्रगढी–भद्रपुरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न चोक र सडकमा प्रहरी टोली परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us