६ बर्षीया बालिका बलात्कार गर्न खोज्ने ६७ बर्षीय वृद्ध पक्राउ

काठमाण्डु टुडे २०७० असोज १६ गते १७:३४ मा प्रकाशित

रुकुम, १६ असोज – ६ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा खोलागाउँ–४ सर्केनाका ६७ वर्षीय नरे खत्री पक्राउ परेका छन् ।
छिमेकीको छोरीलाई ललाइफकाई आफ्नो कोठामा लिएर बलात्कारको प्रयास गरिरहेका बेला खत्रीलाई रङ्गेहात फेला पारिएको बालिकाका आफन्तजनले बताएका छन् ।
बालिकाकी तीन वर्षकी बहिनीलाई एउटा अम्बा र बिस्कुट दिई घर पठाएर बलात्कार गर्न खोजिरहँदा बालिकाकी आमाले ती वृद्धलाई भेटाएकी थिइन् ।
यही असोज ११ गते भएको घटनाको उजुरी असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा परेको थियो भने आरोपित खत्रीलाई बुधवार प्रहरीले सदरमुकाम पुयाएर अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us