चार दलका शीर्ष नेता विदेशी दलाल: वैद्य

काठमाण्डु टुडे २०७० असोज १६ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १६ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मुख्य चार दलका शीर्ष नेतृत्वमाथि सहमति र वार्ताविरोधी तथा विदेशी शक्तिको mohan-baidyaदलालको आरोप लगाएको छ ।
पोलिट्ब्युरो बैठकको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले प्रमुख दल सिक्किमीकरण र फाँसीवादको अध्यासमा अग्रसर रहेको आरोप लगाए । बैठकले निर्वाचनमा सेना परिचालन गर्ने निर्णयलाई शान्ति सम्झौताको उल्लंघनको संज्ञा दिएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा सेना परिचालनको निर्णयले शान्ति प्रक्रिया भंग गरी मुलुकलाई द्वन्द्वमा लैजाने फाँसीवादी कदम भएको उल्लेख छ ।

‘तीन दल र मधेसी मोर्चाको सिण्डिकेट र वैदेशिक शक्तिकेन्द्रको कठपुतली सरकारद्वारा निर्वाचनमा सेना परिचालन गर्ने जुन निर्णय दिइएको छ, त्यसलाई बैठकमा बृहत शान्ति सम्झौताको खुला उल्लंघन गरी शान्ति प्रक्रिया भंग गर्ने र देशलाई नयाँ द्वन्द्वमा लैजाने फासिवाद उन्मुख कदम र नेपाली जनता तथा सुरक्षा निकायलाई आसपमा भिडाउने तथा अन्तमा सिक्किमीकरण गर्ने डिजाइन एवम् षड्यन्त्र भएको ठहर गरिएको छ र त्यसको कडा विरोध तथा भत्र्सन ागर्ने निर्णय गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
बैठकले आफ्नो पार्टी र पार्टी सम्वद्ध मोर्चालाई नियोजित रुपमै निर्वाचनबाट बाहिर राख्ने षड्यन्त्रका साथ सरकार र प्रमुख चार दलले वार्ताको सम्भावना अन्त्य गरेको ठहर गरेको छ ।

विज्ञप्तिमा आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ । ‘यथास्थितिमा हुने भनिएको निर्वाचनको नौटंकीको विरोधका रुपमा अगाडि बढाउनुबाहेक हाम्रा अगाडि कुनै विकल्प बाँकी रहेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो प्रायोजित निर्वाश्चनलाई सशक्त र सक्रिय रुपमा बहिस्कार गर्ने निर्णय लिइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us