गगन थापा भन्छन–मिति सारेर बैद्यलाई निर्वाचनमा ल्याउ

काठमाण्डु टुडे २०७० असोज १७ गते ६:३९ मा प्रकाशित

gaganकाठमाण्डु १७ असोज–नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संबिधानसभा निर्वाचनको घोषित मिति सारेर भएपनि निर्वाचनमा ल्याउने प्रयास जारी राख्नु पर्ने बताएका छन । सशस्त्र द्वन्द्वको एउटा पक्ष निर्वाचन प्रक्रिया बाहिर रहँदा शान्ति प्रक्रियालाई खलल पुग्ने ठहर गर्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
काँग्रेस महाँकाल गाविस वडा नंं ९ कार्यसमितिअन्तर्गतका कार्यकर्ता राजेश ढकाल र रोशन सिंहले दसैँ र तिहारका उपलक्ष्यमा बिहिवार सुकेधारामा आयोजना गरेको शुभकामना एवं चियापान कार्यक्रममा कांग्रेसका तर्फबाट काठमाडौँ ४ नम्बर निर्वाचन क्षेत्रका उम्मेदरवार तथा पार्टी केन्द्रीय सदस्य थापाले युद्धमा संलग्न पक्षलाई मनाउन काँग्रेसले नै जिम्मेवार भई अतिरिक्त प्रयास गर्नुपर्नेमा जोड दिए । राजनीतिक पार्टीहरुले युवा पुस्तालाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आफूले सधैँ नैतिक तथा चारित्रिक बलकासाथ रचनात्मक एवं सकारात्मक राजनीतिमा विश्वास गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us