
काठमाण्डू, १५ असार– सत्ताको प्रमुख घटकदल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शिक्षा बिधेयकको प्रतिवेदन आज संसद्मा प्रस्ततुत हुने बताएका छन ।
आज (आइतबार) संसदीय सुनुवाइ समितिको बैठकमा उनले यसबारे जानकारी गराएका हुन । सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने पनि बताएका छन ।
अर्का एक सांसदले सोधे, ‘आजै पेस हुन्छ ?’ घिमिरेले जवाफ दिए, ‘आजै पेस हुन्छ ।’ प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।