
काठमाण्डु, १६ असोज–एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ मकवानपुर क्षेत्र नं. २ बाट चुनाव लड्ने निश्चित भएको छ । यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन ।
वुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले ताम्सालिङ क्षेत्रका उम्मेदवार र उनीहरुको निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।
मकवानपुरको क्षेत्र नं. १ मा सर्केष घलान, २ मा श्रेष्ठ, ३ मा प्रल्हाद लामिछाने र ४ मा सोनाम सिंह स्याङतानलाई टिकट दिइएको छ ।
यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं. १ मा सूर्य पौडेल (सरल सहयात्री), क्षेत्र नं. २ मा अग्नी सापकोटा र क्षेत्र नं. ३ मा विलबहादुर रायमाझी चुनाव लड्ने छन् ।
चितवनको क्षेत्र नम्बर १ मा संगीता भट्टराई, २ मा विश्वभक्त दुलाल, ३ मा नारायण दाहाल, ४ मा चित्र बहादुर श्रेष्ठ र ५ मा अमिक शेरचन चुनाव लड्ने छन् ।
रामेछाप १ मा लक्ष्मी गुरुङ र २ मा श्याम कुमार श्रेष्ठलाई टिकट दिइएको छ ।
यसैगरी सिन्धुली १ मा लेखनाथ दाहाल, २ मा गंगा नारायण श्रेष्ठ,३ मा हरिबोल गजुरेल चुनाव लड्ने छन् । यस्तै दोलखाको १ मा देवी खड्का, २ मा शंकर लामा चुनाव लड्ने भएका छन् ।
काभ्रे १ मा सूर्यमान दोङ, २ मा अक्कल बहादुर थिङ, ३ मा मीना तामाङ र ४ मा नारायण बानियाँलाई टिकट दिइएको छ ।
यस्तै धादिङ १ मा पुष्प विक्रम मल्ल, २ मा कल्पना धमला, ३ मा शालिकराम जम्मकट्टेललाई टिकट दिइएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ मा विमला सुवेदी, २ मा हितबहादुर तामाङ र ३ मा पोष्ट बहादुर बोगटी तथा रसुवामा प्रेम तामाङलाई टिकट दिइएको छ ।