एमाओवादीबाट काठमाण्डु ८ मा उम्मेदवार परिवर्तन

काठमाण्डु टुडे २०७० असोज १६ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डु क्षेत्र नम्बर ८ मा उम्मेदवार परिवर्तन गरेको छ ।
rupaअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाजिम्पाटस्थित निवासमा जारी उम्मेदवार छनौट समितिसहित केन्द्रीय कार्यालय बैठकले उम्मेदवार परिवर्तन गरेको हो । लाजिम्पाट स्रोतका अनुसार काठमाण्डु ८ मा रुपा महर्जनलाई उम्मेदवार बनाइको छ ।

यसअघि माओवादीले मुक्ति प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । वरिष्ठ अधिवक्ता प्रधान बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए । माओवादी नेवा: राज्य समिति सदस्य महर्जन न्यूरोड पोष्ट मासिककी प्रकाशक/सम्पादक हुन् । उनलाई यसअघि नेवा: राज्य समितिले समानुपातिकमा प्रस्ताव गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us