एमाले बाँकेमा विवाद, दुई केन्द्रीय सदस्यलाई कार्यकर्ताले थुने

काठमाण्डु टुडे २०७० असोज १६ गते ७:२९ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १६ असोज– तल्लो कमिटिको सिफारिस लत्याउँदै शीर्ष नेतृत्वले मनपरी ढंगले संविधानसभा निर्वाचनका उम्मेदवार सिफारिस गरेको भन्दै एमाले बाँकेमा चर्को विवाद भएको छ ।
क्षेत्रीय समितिले गरेको सिफारिसविपरीत शीर्ष नतृत्वले अर्कैलाई टिकट दिएको भन्दै कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । आक्रोशित कार्यकर्ताको समूहले केहीबेर केन्द्रीय सदस्य देवराज भार र दलबहादुर सुनारलाई कार्यालयभित्रै थुनेका थिए ।

क्षेत्र, जिल्ला र अञ्चल कमिटीले पदम धितालको नाम सिफारिस गरेपनि स्थायी कमिटीले सिफारिसमा नपरेकी विजया धिताललाई टिकट दिएपछि उनका कार्यकर्ता उग्र भएका हुन् । आधा घण्टापछि ढोका फुटाएर नेताहरु भागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us