गैंडाको आक्रमणबाट तीनजना घाइते

काठमाण्डु टुडे २०७० असोज १६ गते ६:०३ मा प्रकाशित

चितवन, १६ असोज–गैंडाको आक्रमणबाट पूर्वी चितवनको कुमरोजमा मङ्गलबार साँझ तीनजना गम्भीर घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको बूढी राप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुसालले दिएको जानकारीअनुसार कुमरोज–९ घोक्रेलाका मायासिंह दराई, कमली दराई र सुकमाया दराई गैंडाको आक्रमणमा परेर घाइते भएका हुन् ।

घाँस काट्न जङ्गल गएका बेलामा राप्ती नदी बगरमा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो । घाइतेहरूलाई पुरानो मेडिकल कलेज भरतपुरको सघन उपचारकक्षमा भर्ना गरिएको छ । घोक्रेलाका दराई समुदायको आर्थिक अवस्था नाजुक छ ।

मध्यवर्तीका बासिन्दा वन्यजन्तुको आक्रमणमा परेर घाइते भएमा उपभोक्ता समितिबाट उपचारका लागि बढीमा ५० हजार रुपैयाँसम्म पाउन सक्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us