काँग्रेसले बनायो २३८ उम्मेदवारको सूची,उम्मेदवार फेरिएपछि लफडा

काठमाण्डु टुडे २०७० असोज १५ गते १७:०४ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, १५ असोज–नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको नामावली दुई स्थानमा बाहेक टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले २४० निर्वाचन क्षेत्रमध्ये तनहुँ–१ र स्याङ्जा–१ बाहेक अरु सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको जानकारी दिए ।

सिटौलाका अनुसार समानुपातिकको ३३५ सिटका लागि बुधवारदेखि निर्णय प्रक्रियामा लागिनेछ ।
प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीका उम्मेदवारको यही असोज १७ गते अपराह्नसम्ममा टुङ्गोमा पुग्ने सिटौलाले बताए । समानुपातिकका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ५–५ जनाको नाम मागिएको भए पनि धेरैजसो क्षेत्र र जिल्लाबाट ठूलो सङ्ख्यामा नाम  सिफारिस भई आएको हुँदा उम्मेदवार तय गर्न केही कठिनाइ भएको उनले बताए ।
भ्रष्टाचार जेलमा रहेका काँग्रेस नेता खुमबहादुर खड्काले आफ्नी श्रीमती शीला खड्काले आसन्न संविधानसभा निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन् ।
khumउनले मंगलबार जेलबाटै विज्ञप्ति जारी गरी उम्मेदवारी अस्वीकार गरेका छन् । शीलालाई काँग्रेसले दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको थियो । खड्काले विज्ञप्तिमा उम्मेदवारी सिफारिस गर्दा बीपी कोइरालाको विचारमा प्रतिबद्ध कार्यकर्तालाई पाखा पारिएकाले आफ्नी श्रीमतीले चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले आफू सधैं पार्टीका प्रतिबद्ध र सिद्धान्तनिष्ठ कार्यकर्ताका पक्षमा उभिने विज्ञप्मिा जनाएका छन् ।

उनले उम्मेदवारी पाउनबाट बञ्चितहरुलाई पार्टीभित्रै बसेर संघर्ष गर्न पनि अपिल गरेका छन् । खड्का अबको एक सातापछि जेलमुक्त हुँदैछन् । एक वर्ष सदरखोर जेलमा बिताएका उनले जेलबाटै आफ्नो छुट्टै गुट सञ्चालन गर्दै आएका छन् । उनले पार्टीमा आफ्नो अनुकूल निर्णय गराउन सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललगायतलाई जेलबाटै दबाब दिने गरेका छन् ।

काँग्रेस संसदीय समितिको सोमबारको बैठकले चितवन क्षेत्र नम्बर–३ बाट पूर्वसभापति विकास कोइरालाको नाममा टुंगो लगाएको थियो । तर मंगलबार भीमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने कुरा बाहिर आएको छ । उम्मेदवार टुंगिएको खबरसँगै कोइराला समर्थकले चुनावी अभियान थालिसेकका थिए । उम्मेदवार फेरिएको चर्चापछि काँग्रेस जिल्ला कार्यालयमा कार्यकर्ताको भीड लागेको छ । कोइराला समर्थक आक्रोशित बनेपछि कार्यालय सुरक्षार्थ प्रहरी खटाइएको छ । क्षेत्रीय समितिले कोइरालाको नाम उम्मेदवारमा सिफारिस गरेको थियो । तर सिफारिसमै नपरेका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै
काँग्रेसले काठमाण्डुमा टुंग्यायो
यसैबीच काँग्रेसले काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले काठमाण्डु–१ बाट महामन्त्री प्रकाशमानसिं, २ बाट प्रतिमा गौतम, ३ बाट चक्र ठकुरी, ४ बाट गगन थापा, ५ बाट नरहरि आचार्य, ६ भीमसेनदास प्रधान, ७ बाट प्रमिलासिंह डंगोल, ८ बाट नवीन्द्रराज जोशी, ९ बाट गोविन्द रञ्जित र १० बाट राजन केसीलाई उम्मेदवार बनाउने पक्का भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us