
काठमाण्डु, १८ असोज – मोरङको पथरीमा पिकअप भ्यानबाट खस्दा एकजनाको मृत्यु भएको छ । को १ च ६०७६ नम्बरको भ्यानबाट खसेर सोही भ्यानका सहचालक स्थानीय १८ वर्षीय सविन्द्र राईको मृत्यु भएको हो ।
गम्भिर घाईते राईको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाण्डुको लाजिम्पाटमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा एक पैदल यात्री घाईते भएका छन् । घाईते हुनेमा कन्चनपुर घर भई हाल प्रहरी वृत्त कमलपोखरीमा कार्यरत प्रहरी हवल्दार ३० बर्षीय धनबहादुर बिष्ट रहेका छन् । घाईते बिष्टको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भईरहेको छ ।