
झापा, १८ असोज– कार्यकर्ता पक्राउको विरोधमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले शुक्रबार पूर्वका ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण यातायातका साधन कम चलेका छन् ।
चुनावको विरोधमा विहीबार आह्वान गरेको बन्दका क्रममा लिम्बुवानका १८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता रिहा नगरेसम्म आन्दोलन जारी राख्ने परिषदले जनाएको छ ।