
काठमाण्डु, १७ असोज– आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् ।
दलका उम्मेदवारहरु मतदाता नामावली दर्ताका लागि समर्थकहरुको दलबलसहित तोकिएको निर्वाचन कार्यालय पुगेका थिए । कसैले बाजागाजा समेत बजाएका थिए । कतिपय स्थानमा मनोनयन दर्ताका लागि आफैं पुगेका थिए भने कतैमा प्रतिधि पठाएका थिए ।
तस्वीरहरु दिनेश श्रेष्ठ /काठमाण्डु टुडे