शीर्ष नेता कसले कहाँबाट दिए उम्मेदवारी ?

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:४५ मा प्रकाशित

काठमाण्डु , १७ असोज– आगामी मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएको छ ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु–१० र सिरहा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको अस्थायी बुथमा पुगेर उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका थिए । सर्लाहीमा भने प्रतिनिधिमार्फत उनको उम्ेदवारी दर्ता भएको छ ।

यस्तै एमाओवादीका बाबुराम भट्टराईले रुपन्देही–४ र गोरखा–१, नारायणकाजी श्रेष्ठले मकवानपुर–२, पोष्टबहादुर बोगटीले नुवाकोट–३, कृष्णबहादुर महराले रोल्पा–१, वर्षमान पुनले मोरङ–९, प्रवक्ता अग्नि सापकोटाले सिन्धुपाल्चोक–२, नन्दकिशोर पुनले काठमाण्डु–४ तथा लोकेन्द्र विष्टले म्याग्दीबाट उम्मेदवारी दिएका छन् ।
काँग्रेस सभापति सुशील कोइरालाले बाँके–३ र चितवन–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । चितवन जिल्ला सभापति टेकप्रसाद गुरुङमार्फत् कोइरालाको उम्मेदवारी दर्ता भएको हो । यस्तै वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ र डडेलधुरा तथा उपसभापति रामचन्द्र पौडेलले तनहुुँ–२ बाट उम्मेदवारी दिएका छन । काँग्रेस महामन्त्रीद्वय  प्रकाशमान सिंहले काठमाण्डु–१ र कृष्ण सिटौलाले झापा–३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले इलाम–१ र सर्लाही–१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले सहयोगीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै वरिष्ठ नेता माधव नेपालले रौतहट–१ र काठमाण्डु–२, उपाध्यक्ष वामदेव गौतमले प्युठान–१ र बदिर्या–१ बाट तथा महासचिव इश्वर पोखरेलले काठमाण्डु–५, सचिव शंकर पोखरेल दाङ–४ तथा स्थायी समिति सदस्य केपी शर्मा ओलीले झापा–७ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय नेता–कार्यकर्ताको विरोधपछि एमालेका अर्का सचिव विष्णु पौडेलले नवलपरासी–३ बाट उम्मेदवारी फिर्ता लिएका छन् । नवलपरासीबाट फिर्ता लिएर उनले रुपन्देही–४ मा एकीकृत माओवादीका नेता बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिएका छन् ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङ–५ र सुनसरी–५, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले मोरङ–७ र सुनसरी–३, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्लाही–६, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले सर्लाही–४, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले सिरहा–६, संघीय सद्भावनाका अध्यक्ष अनिल झाले रौतहट–१ र राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीले महोत्तरी १ र ६ बाट उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us