निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन प्रचण्डको अपिल

काठमाण्डु टुडे २०७० असोज १७ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, १७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपालीलाई उत्साहजनक ढंगले दोस्रो संविधानसभा निर्वाचनमा prachanda-finalसहभागी हुन अपिल गरेका छन् ।
काठमाण्डु १०–का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपाली जनताको चाहजानअुसारको संविधान दिन नसकेकामा दुःख र पुनः अर्को निर्वाचन हुन लागेकामा खुसी लागेको बताए । ‘नेपाली जनताले आफ्नो अमूल्य मतद्वारा फेरि पनि महत्वपूर्ण जनादेश दिने र नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने अभियान सुरु भएको छ’, उनले भने, ‘स्वच्छ, भयरहित र धाँधदीरहित निर्वाचन सम्पन्न गर्न म सबैलाई आग्रह गर्दछु ।’ उने निर्वाचनबाट मात्र नेपाली जनताको अधिकार स्थापित हुने उल्लेख गरे ।

उनले आफूमा नयाँ बन्ने संविधानसभाबाट संविधान जारी गर्न सकिने आत्मविश्वास र जिम्मेवारी बोधको भावना बढ्दै गएको दाबी गरे । उनले  संविधानसभाबाट मुलुकलाई नयाँ संविधान दिने प्रतिबद्धता जनाए । ‘मनोनयन दर्ता गरिहँदा मलाई थोरै पीडा र धेरै जिम्मेवारी बोध भइरहेको छ, प्रचण्डले भने, ‘उम्मेदवारी दर्ता गरिरहँदा मुलुकलाई संविधान दिनुपर्छ भनेर मैले मनमनै प्रतिबद्धता गरिसकेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us