आज विश्व पशुपंक्षी दिवस

काठमाण्डु टुडे २०७० असोज १८ गते २:५९ मा प्रकाशित

काठमाण्डु, १८ असोज – विश्व पशुपंक्षी दिवस नेपालमा पनि शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘पशुपंक्षी प्रति गरिने सदव्यवहार सभ्य नागरिकको आधार’ भन्ने नारा सहित दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा पशुपंक्षीको अधिकारको लागि कृयाशील बिभिन्न संघसंस्थाले कार्यक्रम गरेका छन् । पशु उत्पादन निर्देशनालयले विहान काठमाण्डुमा प्रभातफेरी गरेको छ ।

विश्वमा पशुपंक्षीमाथि अमानवीय व्यवहार बढ्न थालेपछि अधिकारकर्मीहरुले यो दिवस मनाउन शुरु गरेका हुन् । नेपालमा भने यो छैठौं दिवस हो । सन् १९३१ अक्टुबर ४ मा सबैभन्दा पहिले इटलीमा पशुपंक्षी दिवस मनाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us