‘एकाध हिंसाका घटनाबाट निर्वाचनलाई असर पर्दैन’

काठमाण्डु टुडे २०७० असोज २० गते ९:१६ मा प्रकाशित

Jhalanath-Khanal   विराटनगर, २० असोज–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकमा एक दुई हिंसाका घटना हुँदैमा संविधानसभाको निर्वाचनलाई त्यति असर नपर्ने बताएका छन । अध्यक्ष खनालले मुलुकको परिवर्तनका लागि निर्वाचन हुनैपर्ने भन्दै सञ्चारकर्मीसँगको भेटमा खनालले दल एवम् जनता बलिदान दिन तयार रहेको बताए ।
बारामा एमाले उम्मेदवार मोहम्मुद आलममाथि भएको गोली प्रहारको घटना कायरतापूर्ण हो भन्दै खनालले दोषीमाथि कडा कारबाहीको माग गरे । जनतालाई भयरहित वातावरण संविधानसभाको निर्वाचनमा मतदान गर्न एवम् उम्मेदवारका लागि कडा सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्दै अध्यक्ष खनालले भने ‘मुलुक निर्वाचनमा होमिसकेको छ र निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ । अब कुनै हालमा निर्वाचनको मिति सर्र्दैन ।’ एमाले प्रत्यक्ष निर्वाचनतर्फ पहिलो स्थानमा आउने जिकिर गर्दै अध्यक्ष खनाल सुनसरीमा हुने पार्टीका कार्यक्रमका लागि बिरानगर पुगेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us