राजनीति

बाबुको रिसले छोरालाई चोट

२०७० असोज २१ गते ९:५९

रत्ननगर (चितवन), २१ असोज–रिसलाई सम्हाल्न नसक्दा पीडादायी घटना सोमबार चितवनमा देखिएको छ । चितवनको बछौंलीका एक पुरुषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्दा छोरा गम्भीर घाइते भएका छन् । घरायसी विवादका कारण झगडा हुँदा श्रीमान् सुरेश राईले श्रीमती तारा राईमाथि धारिलो हतियार प्रहार गरेका ...

निर्वाचन आयोगका कर्मचारी दशैं विदा नबस्ने

२०७० असोज २१ गते ९:५९

काठमाण्डु, २१ असोज–निर्वाचन आयोगका कर्मचारीहरुले यसपालीको दशैं विदा नपाउने भएका छन् । चुनावको तयारीमा लाग्नु पर्ने भएकाले सबै कर्मचारीलाई विदा नदिने आयोगले निर्णय गरेको हो । ‘निर्वाचन प्रकृया शुरु भैसकेको र सबै कर्मचारी तयारीमा लाग्नुपर्ने भएकाले यसपालीको दशैंमा विदा नबस्ने निर्णय भएको हो,’ आयोगका...

दशैं विदामा पनि सर्बोच्च अदालत खुल्ला

२०७० असोज २१ गते ८:१२

काठमाण्डु, २१ असोज – सर्वोच्च अदालतले दशैंको कोजाग्रत पूर्णिमासम्म सार्बजनिक विदाको दिन पनि बन्दी प्रत्यक्षिकरण रिट सुनुवाईका लागि इजलास खुल्ला राख्ने भएको छ । बन्दी प्रत्यक्षिकरणको रिट सुनुवाई गर्न फूलपाती, टिकाको दिन र शनिवार बाहेक प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म इजलास बस्ने व्यवस्था...

विषाक्त खानाले झापामा तीन दर्जन बढी विरामी,तेह्रथुम कारागारका २० कैदीबन्दी अस्पताल भर्ना

२०७० असोज २१ गते ६:०५

झापा, २१ असोज–झापाको शान्तिनगरमा विषाक्त खाना खाँदा तीन दर्जन भन्दा बढी विरामी परेका छन् । विरामी परेका मध्ये १२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । शान्तिनगर ३ का नेत्र भट्टराईको घरमा भएको पूजाको प्रसाद खाएकाहरु विरामी परेका हुन् । विरामीहरुको कन्काई अस्पताल र मनमोहन...

१० लाखले काठमाण्डु छाडे,९४ चालकलाई सार्वजनिक अपराधको मुद्दा

२०७० असोज २१ गते ६:०४

काठमाण्डु, २१ असोज – बडादशैं मनाउने सिलसिलामा सडकमार्ग हुदै १० लाख भन्दा बढी मानिस काठमाण्डु उपत्यकाबाट बाहिरिएका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दशैं मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले...

‘चुनावमा सेना परिचालनको गलत हल्ला’

२०७० असोज २१ गते ५:०५

धनगढी, २१ असोज–कैलालीको धनगढीमा सदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठी सोमबार शुरु भएको छ । संविधानसभालाई लक्षित गरी अपनाउनु पर्ने सुरक्षा रणनीति तय गर्न गोष्ठी आयोजना गरिएको हो । सोमबारै सकिने गोष्ठीले सुदूरपश्चिमको सुरक्षा अवस्थाको समिक्षा गरी अपनाउनु पर्ने रणनीति तय गर्ने छ । गोष्ठीमा गृहमन्त्री माधव...

आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्दै

२०७० असोज २१ गते ५:०२

काठमाण्डु, २१ असोज–निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली सोमबार प्रकाशित गर्दैछ । उम्मेदवारहरु विरुद्ध परेका छानविन सकिएकाले सोमबार सूची प्रकाशन गरिने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । उम्मेदवारहरुले नामावली फिर्ता लिन चाहे आयोगले मंगलबारसम्मको समय दिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार...

चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा

२०७० असोज २१ गते ५:००

लहान, २१ असोज–चुनावलाई लक्षित गर्दै सिरहामा सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । चुनावलाई लक्षित गरेर भारतीय सीमासँग जोडिएका क्षेत्रमा विशेष निगरानी गरिरहेको प्रहरीले जनाएको छ । चुनावको सङ्घारमा कुनै किसिमको अप्रिय घटना हुन नदिनका लागि विशेष सतर्कता अपनाइएको प्रमुख...

सशस्त्र समूहका सैन्य कमाण्डर पक्राउ

२०७० असोज २१ गते ४:२५

राजविराज, २१ असोज–भुमिगत रुपमा सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत समूहको एक कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वक्षेत्रीय सैन्य कमाण्डर मुनेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको लौनिया गाविस–१ घर भएका उनी मनिष उपनामले चिनिने गर्दछन् । एसपी दिनेश अमात्य नेतृत्वको टोलीले...

आज दशैंको तेस्रो दिन

२०७० असोज २१ गते ४:२३

काठमाण्डु, असोज २१ – नवरात्रीको तेस्रो दिन सोमबार चन्द्रघण्टाको पूजा गरी मनाइदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।...

तुल्सीपुरमा ग्याङफाइट, दुईजना गम्भीर

२०७० असोज २१ गते ४:२१

तुल्सीपुर, २१ असोज– दाङको तुल्सीपुरमा दुई समहबीच सोमबार विहान झडप भएको छ । तुल्सीपुरको ओम शान्ति फिल्म हल नजिक भएको झडपमा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय हरिकृष्ण ओली र सुरज ओली गम्भीर घाइते भएका हुन् । उनीहरु दुबै स्थानीय एमाले कार्यकर्ता हुन्...

एक गाउँ, नौं मतदाता

२०७० असोज २१ गते १:५२

डोल्पा, २१ असोज – एउटा गाउँमा नौं जनामात्र मतदाता छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर डोल्पाको उपल्लो डोल्पामा पर्ने धो गाउँ विकास समिति वडा नम्बर ५ कलाङ बस्तीमा भने नौं जनामात्रै मतदाता छन् । कलाङ बस्तीबाट धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलमा रहेको मतदान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us