काठमाण्डु, २३ असोज–गुल्मी र कास्कीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । गुल्मीको बेलौनी खोलास्थित साखा सडकखण्डमा लु १ त ६१४३ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ८० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ...
काठमाण्डु, २३ असोज–बडादशैंको पाँचौ दिन बुधबार पनि देशभरका दुर्गा देवीको मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । दशैंको पाचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार बुधबार श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिएको हो ।...
दोलखा, २२ असोज – एकीकृत माओवादी केन्द्रीय सदस्य गंगा कार्कीले ‘विश्व’ समानुपातिकतर्फको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । बिनाजानकारी उम्मेदवार बनाएको भन्दै उनले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी अस्वीकार गरेका हुन् । कार्कीलाई माओवादीले समानुपातिक उम्मेदवार बनाएको समाचार केही दिनअघि सञ्चारमाध्यममा आएको थियो ।...
काठमाण्डु–आगामी संबिधानसभा निर्वाचनमा राजनीतिक दलको पहिचान खुल्ने पोशाक लगाउन नपाइने भएको छ । त्यसो गरेमा आचार सँहिता उलंघन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले विज्ञप्ती निकालेर चुनावमा प्रचार प्रसार गर्ने उदेश्यले राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह, छापिएको टोपी, टिसर्ट, कमिज, झोला, कलम लगायतका...
काठमाण्डु–नेपाली कांग्रेसले काठमाण्डु–४ बाट प्रत्यक्षतर्फ टिकट नदिएपछि गगन थापाविरुद्ध उम्मेदवारी दिएकी सुप्रभा घिमिरेले चावहिलस्थित आफ्नो चुनावी प्रचार-प्रसार कार्यालय सञ्चालनमा ल्याएकी छन् । अघिल्लो संविधानसभामा निर्वाचित ९५ प्रतिशतले कांग्रेसमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट पाएको अवस्थामा पनि क्षेत्रीय समितिलाई विभिन्न ढंगले प्रभावमा पारी काठमाण्डु–४ को...
चितवन, २२ असोज– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उम्मेदवारहरुको सुरक्षा गर्न सरकार प्रयासरत रहेको बताएका छन् । चितवनको भरतपुरमा मंगलबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगको निर्देशनमा सरकारले उम्मेदवार सुरक्षाका लागि प्रभावकारी कमद चाल्न लागेको बताए । उनले निर्धक्क भएर निर्वाचन प्रचारमा लाग्न सबै उम्मेदवारलाई...
काठमाण्डु, २२ असोज– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिण्डिकेट र राष्ट्रपति डा रामबरण यादवको गलत निर्णयको कारण मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी चुनावी प्रक्रियाबाट बाहिरिएको दाबी गरेका छन् । राजधानीमा मंगलबार भएको कार्यक्रममा उनले वैद्यलाई बाहिर राखेर गरिएको निर्वाचनबाट आउने संकटको...
मुगु, २२ असोज– संविधानसभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र एमालेले साना दलहरूबाट उम्मेदवारी दिएका उम्मेदवारलाई मतको सही सदुपयोग गर्न भन्दै उम्मेदवारी फिर्ता गराउनेतर्फ प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार एमाले समर्थक भएर फरक दलबाट उम्मेदवार बनेका चार जनालाई सहयोग गर्न भन्दै उम्मेदवारी...
काठमाण्डु, २२ असोज– एमाले महासचिव ईश्वर पोखरेलले अर्काे संविधानसभा सदस्य निर्वाचनमा एमाले पहिलो पार्टी नबनेसम्म नभए देश थप २० वर्ष पछाडि धकेलिने बताएका छन् । एमाले काठमाण्डुको खड्काभद्रकाली शाखा कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अघिल्लो संविधानसभामा एमाले तेस्रो शक्तिमा सीमित भएकाले देशले समयमै...
काठमाण्डु, २२ असोज – नेपाली काँग्रेसले वागी उम्मेदवारी फिर्ता नलिनेको पार्टी सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध असन्तुष्ट काँग्रेस नेता–कार्यकर्ताले वागी उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि काँग्रेसले कारबाही गर्ने चेतावनी दिएको हो । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले काठमाण्डु क्षेत्र...
बाँके, २२ असोज–गृहमन्त्री माधव घिमिरेले संविधानसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक सबै प्रकारको सुरक्षासम्बन्धी रणनीति तयार गरिसकेको बताएका छन् । गृहमन्त्रालयद्वारा मंगलबार बाँकेको नेपालगन्जमा आयोजित एकदिने संविधानसभा निर्वाचन मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा सम्मेलन उदघाटन गर्दै उनले केही दलले निर्वाचन बिथोल्ने कुरा गरिरहे पनि सरकारले त्यसलाई...
काठमाण्डु, २२ असोज–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभा निर्वाचनमा परिवर्तन पक्षधर शक्तिको जित नभए मुलुक अन्धकारमा फँस्ने बताएका छन् । बडादसैं, दिपावली र छठका अवसरमा पार्टीको काठमाण्डु निर्वाचन क्षेत्र नम्बर–१ ले मंगलबार गरेको कार्यक्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई...