
काठमाण्डु–नेपाली कांग्रेसले काठमाण्डु–४ बाट प्रत्यक्षतर्फ टिकट नदिएपछि गगन थापाविरुद्ध उम्मेदवारी दिएकी सुप्रभा घिमिरेले चावहिलस्थित आफ्नो चुनावी प्रचार-प्रसार कार्यालय सञ्चालनमा ल्याएकी छन् ।
अघिल्लो संविधानसभामा निर्वाचित ९५ प्रतिशतले कांग्रेसमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट पाएको अवस्थामा पनि क्षेत्रीय समितिलाई विभिन्न ढंगले प्रभावमा पारी काठमाण्डु–४ को उम्मेदवार बन्न पुगेका गगनले पूर्वसभासद् घिमिरेलाई भने उनकै कारण उम्मेदवार हुनबाट वञ्चित गरेका थिए ।
लामो समयदेखि रुखमा मतदान गर्दै आएकी क्षेत्र नम्बर ४, चपलीकी रुक्मिणी खड्का यसपटक सुप्रभा घिमिरेलाई मत दिई विजयी गराउनुपर्ने बताउँछिन् । उनले भनिन ‘सुप्रभा घिमिरेमाथि अन्याय भएको छ ।’ गगन थापाजस्तो मान्छेले कतैबाट चुनाव लड्न नपाएझैं गरेर महिलामाथि अन्याय गरेको खड्काको आरोप छ । गगनलाई क्षेत्र नम्बर ४ मा सुप्रभाको उम्मेदवारी भारी परिरहेको अवस्थामा समानुपातिकमा सिफारिस राजु श्रेष्ठलाई गगनले नै संसदीय समितिमा आफ्नो ससुरामार्फत सिफारिश गरेपछि क्षेत्र नं. ४ मा गगनको उम्मेदवारी फलामको चिउरा साबित भएको छ ।
गुण्डागर्दीको आरोप लागेका श्रेष्ठको गाडी तत्कालीन नेकपा माओवादीले आफनो नियन्त्रणमा लिएको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरअगाडि बस्ने राजुले छिमेकीको नाताले शेरबहादुरसँग पनि निकट सम्बन्ध बनाए । तर, पार्टीमा गाउँ इकाईभन्दा माथिल्लो जिम्मेवारी ननिभाएका र गुण्डागर्दीबाट पैसा कमाएपछि शेरबहादुर देउवा मात्र हैन, गगन थापाजस्ता नेतासमेत राजुको प्रभावमा परेका छन् । अहिले गगनले क्षेत्र नं. ४ मा राजुलाई आफैंले समानुपातिक सिफारिश गरेपछि सो क्षेत्रका कांग्रेसीहरु चकित परेका छन् ।
३०/४० वर्षदेखि लगातार कांग्रेसमा लागेर हिँड्ने मात्र होइनन्, गगनको प्रस्तावको खबरका कारण चपली गाविसका इकाई सभापति सानु श्रेष्ठ, चपलीकै कांग्रेस सक्रिय सदस्य इन्द्र थापा, नेपाली कांग्रेस काठमाडौं जिल्लाका निर्वाचित सदस्य भोला लामिछाने मात्र होइन महाकांल गाविस इकाई सभापति गणेश कोइरालामा पनि गगनको यस्तो क्रियाकलाप यदि सत्य हो भने यस क्षेत्रमा कांग्रेसका लागि खुलेर मत माग्न गाह्रो हुने बताउँछन् ।