
चितवन, २२ असोज– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उम्मेदवारहरुको सुरक्षा गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।
चितवनको भरतपुरमा मंगलबार भएको कार्यक्रममा उनले निर्वाचन आयोगको निर्देशनमा सरकारले उम्मेदवार सुरक्षाका लागि प्रभावकारी कमद चाल्न लागेको बताए । उनले निर्धक्क भएर निर्वाचन प्रचारमा लाग्न सबै उम्मेदवारलाई आग्रहसमेत गरे ।
उनले छिटपुट घटनाका कारण निर्वाचन प्रभावित नहुने दाबी गरे । उनले निर्वाचन तयारी तीव्र गतिमा अघि बढेको र २० लाख मत्रपत्र छाप्ने काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि तीन करोड पतपत्र छापिने छ ।
उनले निर्वाचन प्रक्रियामा असहमत दलको बहिस्कारबा बाजदुद निर्वाचन सफल हुने दोहो¥याए । मध्यमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीमा सहभागी हुन उनी मंगलबार चितवन आएका हुन् ।