एमाले पहिलो नबने देश पछाडि पर्छ : पोखरेल

काठमाण्डु टुडे २०७० असोज २२ गते ७:४६ मा प्रकाशित

काठमाण्डु, २२ असोज– एमाले महासचिव ईश्वर पोखरेलले अर्काे संविधानसभा सदस्य निर्वाचनमा एमाले पहिलो पार्टी नबनेसम्म नभए देश थप २० वर्ष Ishwor-Pokhrelपछाडि धकेलिने बताएका छन् ।
एमाले काठमाण्डुको खड्काभद्रकाली शाखा कमिटीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अघिल्लो संविधानसभामा एमाले तेस्रो शक्तिमा सीमित भएकाले देशले समयमै नयाा संविधान प्राप्त गर्न नसकेको र सङ्क्रमणकाल लम्बिएको जिकिर गरे ।

काठमाण्डु–५ का प्रत्याशीसमेत रहेका महासचिव पोखरेलले नौ महिने सरकारका दौरानमा एमालेले थालेका सामाजिक, पूर्वाधार विकास निर्माणमा स्थानीय सहभागिता, स्वरोजगारी सिर्जनालगायत कामलाई निरन्तरता दिन र त्यसलाई थप प्रभावकारी बनाउनका लागि एमालेलाई विजयी गराउन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us