काठमाण्डु, २४ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको ठूलो त्यागपछि मात्र दोस्रो संविधानसभा निर्वाचन सुनिश्चित भएको दाबी गरेका छन् । पार्टी सम्वद्ध सोलु–काठमाण्डु संघीय जनसम्पर्क मञ्चले दसैंका अवसरमा बिहीबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले निर्वाचनकै लागि बाबुराम भट्टराई नेतृत्वको...
काठमाण्डु, २४ असार– सरकारले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुलाई दोस्रो संविधानसभा निर्वाचनअघि जिल्ला नछाड्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले 2 कात्तिकदेखि ४ मंसिरको निर्वाचन भएर परिणाम सार्वजनिक नभएसम्म कार्यालय प्रमुखहरुले जिल्ला छाड्न नपाउने निर्णय गरेको हो । जिल्ला छाड्न नपाउनेमा प्रहरी, सशस्त्र...
काठमाण्डु, २४ असोज– एमाले केन्द्रीय सदस्य एवम् बारा– ४ का उम्मेद्वार महमुद आलमको निधन भएको छ । अज्ञात समूहको गोली लागि गम्भीर घाइते भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका आलमलाई अस्पतालले बिहीबार मृत घोषित गरेको हो । एक साताअघि नचिनेका मान्छेहरुको समूहको गोली लागी...
अर्घाखाँची, २४ असोज– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशभर एकीकृत माओवादीको प्रतिकार गर्न कार्यकर्ता र जनतालाई अपिल गरेका छन् । चुनावी अभियानका लागि अर्घाखाँची पुगेका सिंहले बिहीबार भएको कार्यकर्ता प्रशिक्षणमा माओवादी उम्मेदवारलाई मतदान नगर्न र देशभरबाट लखेट्न आग्रह गरेका हुन् । जातीय नारा दिएर...
चितवन, २४ असोज– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले समानुपातिक ढंगबाट उम्मेदवारी बाँडफाँड गर्नुपरेकाले आकांक्षीमध्ये थोरैले मात्र टिकट पाएको बताएका छन् । रिपोर्टर्स क्लब चितवनले विहीबार नारायणगढमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोईरालाले देश संघियतातर्फ गएकाले सबै जातजाती, धर्म, लिङ्ग र वर्ग विशेषलाई समेट्नु परेकाले धरै...
काठमाण्डु, २४ असोज–नेपालमा एक पार्टी छाडी अर्को पार्टीमा जाने वा त्याग्ने पार्टीबाट पनि छाडेर तेस्रो पार्टीमा जानु कुनै नौलो कुरा होइन । राजनीतिक व्यापारका रुपमा लिइएका यस्ता पार्टी परित्याग वा प्रवेशले पछिल्लो समय धेरै राजनीतिक दलहरुमा उथलपुथल नै ल्याइदिएको छ । पार्टीमा आफ्नो एजेण्डा...
काठमाण्डु, २४ असोज– ‘सबैकालागि आँखा स्वास्थ्य : आजै आफ्नो आँखा जाँच गराऔं’ भन्ने नाराका साथ विहीबार विश्व दृष्टि दिवस विहीवार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्धोपन र दृष्टिदोषका समस्याबारे सचेतना फैलाउने उद्देश्यले सन् २००४ देखि प्रत्येक बर्ष अक्टुबर महिनाको दोस्रो विहीवार यो दिवस...
काठमाण्डु, २४ असोज– आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावका सबै उम्मेदवारलाई विहीबार चुनाव चिन्ह प्रदान गरिदैछ । जिल्ला निर्वाचन कार्यालयले प्रत्यक्ष र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्न लागेको हो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय अवधिभर चुनाव चिन्ह...
चितवन, २४ असोज–चितवनको माडीमा विहीबार विहान आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । माडी कल्याणपुर गाउँ विकास समिति वडा नम्बर ७ स्याउलीवासमा रहेको घनश्याम काफ्लेको घरमा आगलागी हुँदा काफ्लेको कच्ची घर जलेर नष्ट भएको छ । आगलागीबाट करिव २ लाख रुपैयाँ बराबरको क्षती...
बाँके, २४ असोज– मध्यपश्चिमको प्रमुख ब्यापारीक केन्द्र बाँके जिल्ला दोस्रो संविधानसभा निर्वाचनमय भएको छ । देशको मूल कानुन नयाँ संविधान निर्माणकालागि हुने निर्बाचन मंसिर चार गते नै हुनेमा बाँकेवासी अब भने ढुक्क देखिएका छन् । सरकारले निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउँदै गएपछि राजनीतिक दलका...
कञ्चनपुर, २४ असोज–कञ्चनपुरका एकल महिलाले बस भाडामा छुट पाउने भएका छन् । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र र महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति महेन्द्रनगरबीच भएको सम्झौता अनुसार एकल महिलालाई परिचयपत्रका आधारमा बस भाडामा छुट दिने निर्णय गरिएको हो । सम्झौताबमोजिम...
बाँके, २४ असोज–बाँके जिल्लामा महिला समुदायले भोग्नुपरेका समस्यालाई एकद्वार प्रणालीबाट किनारा लगाउन ‘महिलाको पञ्चवर्षीय रणनीतिक योजना’ तर्जुमा गरिएको छ । योजना सञ्चालनका लागि केही समयअघि सरोकारवाला निकायबीच आयोजना गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावलाई समेत समावेश गरी योजनालाई अन्तिम रुप दिने गृहकार्य भइरहेको महिला विकास अधिकृत...