
चितवन, २४ असोज–चितवनको माडीमा विहीबार विहान आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । माडी कल्याणपुर गाउँ विकास समिति वडा नम्बर ७ स्याउलीवासमा रहेको घनश्याम काफ्लेको घरमा आगलागी हुँदा काफ्लेको कच्ची घर जलेर नष्ट भएको छ । आगलागीबाट करिव २ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको छ ।
विहीबार विहानै भएको आगलागीलाई स्थानीयवासीको सकृयतामा केहि घण्टापछि नियन्त्रणमा लिइएको थियो । काफ्लेको घरमा जडान गरिएको सोलारको तार सर्ट हुन गई आगलागी भएको अनुमान गरिएको छ । विधुत सेवाबाट बञ्चीत माडीबासीले उज्यालोको रुपमा सोलारबत्तीको प्रयोग गर्दै आइरहेका छन् ।