देशभरबाट माओवादीको प्रतिकार गर: मोहनविक्रम सिंह

काठमाण्डु टुडे २०७० असोज २४ गते ६:०२ मा प्रकाशित

अर्घाखाँची, २४ असोज– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशभर एकीकृत माओवादीको प्रतिकार गर्न कार्यकर्ता र जनतालाई अपिल गरेका छन् ।
mohan bikramचुनावी अभियानका लागि अर्घाखाँची पुगेका सिंहले बिहीबार भएको कार्यकर्ता प्रशिक्षणमा माओवादी उम्मेदवारलाई मतदान नगर्न र देशभरबाट लखेट्न आग्रह गरेका हुन् ।

जातीय नारा दिएर मुलुकलाई साम्प्रदायिकतातर्फ धकेल्न खोजेकाले सबै मिलेर माओवादीको प्रतिकार गर्नुपर्ने सिंहको भनाइ थियो । ‘माओवादीले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेका छन्’, सिंहले भने, ‘सबै मिलेर माओवादी उम्मेदवारलाई देशभरबाट लखेट्नुपर्छ ।’ उनले गत संविधानसभाबाट संविधान जारी हुन नस्क्नुमा पनि माओवादी नै दोषी रहेको आरोप लगाए ।

अन्य दलले जातीय संघीयता स्वीकार नगरेका कारण प्रचण्डले संविधानसभा विघटन गराएको आरोप उनको छ । उनले ४ मंसिरमा हुने निर्वाचनको भने विकल्प नरहेको स्पष्ट गरे ।

सिंहले मंसिरमा निर्वाचन नभए मुलुक प्रतिगमनतर्फ जाने भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us