
महोत्तरी, १६ असार–होत्तरीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
अर्का एक गम्भीर घाइते भएका छन् ।
बर्दिबास–जलेश्वर सडकखण्डमा आइतबार साँझ करिब साढे ७ बजेतिर बर्दिबासतर्फबाट आउँदै गरेको प्रदेश २–०३–००१क१३९१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक जानकारी छ ।
टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक लोहारपट्टी नगरपालिका–१ का १७ वर्षीय नीतिश भगतको ज्यान गएको हो । गम्भीर घाइते नीतिशलाई उपचारका लागि तत्काल बर्दिबास अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–४ का ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएका छन् । उनको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच प्रहरीले टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिकाका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएको छ ।