चन्दा उठाएको पैसा दिनुपर्ने भएपछि कमलले माओवादी छाडे

काठमाण्डु टुडे २०७० असोज २४ गते ५:४२ मा प्रकाशित

Kamal_shahiकाठमाण्डु, २४ असोज–नेपालमा एक पार्टी छाडी अर्को पार्टीमा जाने वा त्याग्ने पार्टीबाट पनि छाडेर तेस्रो पार्टीमा जानु कुनै नौलो कुरा होइन । राजनीतिक व्यापारका रुपमा लिइएका यस्ता पार्टी परित्याग वा प्रवेशले पछिल्लो समय धेरै राजनीतिक दलहरुमा उथलपुथल नै ल्याइदिएको छ । पार्टीमा आफ्नो एजेण्डा नमिलेपछि, आफ्नो स्थान सुरक्षित नदेखेपछि वा गल्ती कमजोरी गरेपछि अर्को पार्टीमा जाने व्यापार धेरै फस्टाएको छ । केन्द्रीयस्तरका नेताबाहेक अन्य नेता कार्यकर्ताले पार्टी परित्याग वा प्रवेशको प्रमुख कारण भनेकोचाही आर्थिक अनियमितता नै प्रमुख कारण बन्ने गरेको छ ।

केही दिनअघिमात्रै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी छाडेर चर्चामा आएका क्रान्तिकारीका महासचिव कमल शाही पनि पैसा र प्रेमिका रहेको रहस्य खुलेको छ । वैद्य माओवादीमा जानु अघि माउ पार्टी एकीकृत माओवादी नेतृत्वको अखिल क्रान्तिकारीमा पनि महासचिव रहेका शाही आफूले उठाएको चन्दा पार्टीलाई बुझाउनुपर्ने भएपछि एमाओवादी परित्याग गरेका थिए । तत्कालीन समयमै करिब ३५ लाख घोटला गरका शाहीले एमाओवादी पार्टीमा आफूले उठाएको चन्दा बुझाउनुपर्ने भएपछि वैद्य खेमामा सरुवा भएका थिए ।

अहिले वैद्य नेतृत्वको नेकपा–माओवादीबाट पनि विभिन्न शीर्षकमा करिब ५५ लाख हिनामिना गरेको रहस्या खुलेको छ । उनले संगठन सुदृढिकरण लगायतका नाममा र गतवर्ष अङ्ग्रेजी नाम हटाउने विषयमा भएको आन्दोलनताका विभिन्न विश्वविद्यालयमा आवद्ध कलेज र प्लस टुबाट करिब ८० लाख रकम उठाएका थिए । पछिल्लो समय चुनाव वहिष्कार अभियान भन्दै विद्यार्थी नेता कमल शाहीले करिब १० लाख रुपैयाँ उठाएका थिए । पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न कलेजहरुबाट कमलले पैसा उठाएका थिए । उनले कसमस कलेज लगायतबाट १० लाख उठाएको र त्यो पैसा पार्टीमा बुझाउन भनेपछि पार्टी परित्याग गरेको बुझिएको छ ।

अवैध प्रेमसम्बन्ध

चन्दा उठाएको आधा रकममात्रै पार्टीमा दिएका कमलले साही पैसामा थपथाप गरी श्रेष्ठ थरकी एक महिलाका नाममा हात्तीवनमा ६ आना जग्गा जोडेका थिए । घरमा श्रीमती भएपनि लमजुङ स्थायी घर भएकी श्रेष्ठ थरकी एक महिलासँग उनको अवैध प्रेमसम्बन्ध रहेको बताइएको छ । शहीद परिवारका नाममा संगठनको निर्णय भन्दै यी महिलालाई यति कलेजलाई सित्तैमा ब्याचलर इन नर्सिङ (बिएन) पढाउन यिनै कमलले बाध्य पारेका थिए । पार्टीकै आग्रह र निर्देशनमा शहीद परिवार भन्दै श्रेष्ठ थरकी ती महिलालाई राष्ट्रिय खेलकुद परिषदमासमेत जागिर दिलाइएको थियो । तर शहीद परिवारको अपमान र दुरुपयोग गर्दै नेता कमल शाहीले भने उक्त महिलाको यौनशोषण गरेको र अहिले अवैध श्रीमती नै बनाएको वैद्यनिकट क्रान्तिकारीका एक नेताले बताए ।

घरमा श्रीमतीलाई हेंला गर्दै अर्कै प्रेमिका च्यापेर हिँडेपछि उनकी श्रीमतीले गतवर्ष माओवादी पार्टी कार्यालयमा उजुरीसमेत गरेकी थिइन् । तर पार्टीले छानबिन सुरु गर्दैगर्दा उनले कुनै हेंला नगरेको भन्दै दुईचार दिन घरकी श्रीमतीलाई लिएर घुमेका थिए । तरपनि कमलले काठमाडौंमै श्रेष्ठ थरकी ती प्रमिकालाई भने च्यापेर हिँड्न भने छाडेका थिएनन् । विद्यार्थी नेता र कार्यकर्ताले पार्टीमा उजुरी गर्दा शहीद परिवार र कार्यकर्तामात्रै भएको भन्दै ढाकछोप गरिरहेका थिए ।

कारवाहीमा विप्लबले बचाए

त्यसो त केही समयपहिले पार्टीको नाममा चन्दा उठाएको र आर्थिक हिनामिना गरेको भन्दै केहीले प्रमाणसहित उजुरी गरेपछि उनको छानबिन सुरु भएको थियो । आफूले रकम हिनामिना गरेको पोल खुलेपछि कमलले आफूले मात्रै नभएर अध्यक्ष शरद रसाइली र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि ठूलै घोटला गरेको पर्दाफास गरिदिएका थिए । त्यसलगत्तै बिस्तारै पार्टीलाई बुझाउँदै जाने भन्दै नेता विप्लबले शाहीलाई काखी च्यापे  । तर यतिबेला यिनै कमलले विप्लवको काखमै सुसु गरिदिएका छन् ।

अब एमालेमा

एकीकृत माओवादीका नाममा र विभिन्न दुई नम्बरी धन्दा गरेर लुटेको करोडौं रकमसहित केही समयपहिले वाइसिएल नेता एवम् एमाओवादीको राज्यसमित सदस्य कांग्रेस प्रवेश गरेका थिए । नयाँबसपार्क क्षेत्रमा विभिन्न गुण्डागर्दी र दुई नम्बरी धन्दा गरेर कमाएइको करोडौं रुपैयाको पार्टीले छानबिन थालेपछि उनी पार्टी परित्यागको प्रयासमा थिए । यसैबीच एमाओवादी नेताकै सुराकका आधारमा अवैध अत्याधुनिक हतियारसहित पक्राउ परेका अरुण नाममा ती महोदयलाई कुनैपनि एमाओवादी नेताले छुटाउन चाहेनन् । पछि कांग्रेसका नेताले जेलबाट छुटाएपछि पैसा पचाउने प्रयासमा उनी कांग्रेस प्रवेश गरेका थिए । अहिले कमल शाही पनि एमाले प्रवेश गर्ने हल्ला चलेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी ओलीले उनलाई एमाले भित्राउन लागेका छन् । पार्टीमा प्रवेश गर्ने भन्दै उनले धेरैपटक कुराकानी गरिसकेका छन् । पछिल्लो समय उनलाई युथफोर्सको उपाध्यक्ष बनाउने गरी एमालेले पार्टीमा भित्राउन लागेको छ ।

अखिल नेत्रीसँग पनि अवैध सम्बन्ध

यसैबीच पछिल्लो समय कमलको चक्कर अखिलकी एक नेत्रीसँग चलेको चर्चा चुलिएको छ । एमालेनिकट अखिलकी ती विद्यार्थी नेतृसँग धेरैपटक आपत्तिजनक अवस्थामा भेटिएको बताइएको छ । केही दिनअघि मात्रै कमल र ती विद्यार्थी नेतृ ठमेलको डान्सबारमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । यो विषयलाई लिएर दुबै संगठनले स्पष्टीकरणसमेत मागेका थिए ।

वैद्य माओवादीमा आर्थिक विचलन तीब्र

विभिन्न नाम र एजेण्डा दिएर वैद्य माओवादीमा प्रवेश गर्नेहरुको अन्तिम लक्ष्य पैसा कमाउनुनै रहेको आरोप आएको छ । अहिले वैद्य माओवादीका दोस्रो श्रेणीका नेतादेखि कार्यकर्तासम्म सबैले आर्थिक विचलन गरेका आरोप लागेको छ । पार्टीले गतवर्षदेखि नै विभिन्न नाममा अर्बौ चन्दा उठाएको थियो । तर ती सबै पैसा उठाउनेले नै खाएको आरोप लागेको छ । आर्थिक हिनामिनाका नाममा माओवादी मुख्यलाय वुद्धनगरमा कैयौं उजुरी परेका छन् । तर सबैजसो नेता कार्यकर्ता मुछिने भएपछि आर्थिक विचलनको मुद्दालाई थाती राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us