कञ्चनपुरमा अतिभारी वर्षा

काठमाण्डु टुडे २०८२ असार १६ गते ७:०२ मा प्रकाशित

काठमाण्डू, १६ असार– कञ्चनपुरमा बिहानैदेखि अतिभारी वर्षा भइरहेको छ ।

बाढीका कारण खल्लागोठ र शान्तिपुर बेलौरी क्षेत्र भएर बहने सिहाली, मछेलीलगायत खोलामा बाढी आएको छ । मौसम पूर्वानुमान

महाशाखाले पानीको बहाव थप बढ्न सक्ने भएकोले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

महाशाखाले पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ । यस्तै पर्सियामा ५५.६ मिलिमिटर र हनुमाननगरमा ४१.२ मिलिमिटर पानी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us