उम्मेदवारहरुले आज चुनाव चिन्ह पाउने

काठमाण्डु टुडे २०७० असोज २४ गते ३:४० मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २४ असोज– आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावका सबै उम्मेदवारलाई विहीबार चुनाव चिन्ह प्रदान गरिदैछ । जिल्ला निर्वाचन कार्यालयले प्रत्यक्ष र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्न लागेको हो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय अवधिभर चुनाव चिन्ह वितरणको काम हुने निर्वाचन आयोगका प्रवक्ता वीर बहादुर राईले जानकारी दिए ।

उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेपछि मंसिर ४ को मतदान अघिसम्म प्रत्यक्ष तर्फको निर्बाचन कार्यक्रम सकिने छ ।

निर्वाचन आयोगले बुधबार २४० वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका ६ हजार एक सय ४७ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us