एमाले उम्मेदवार आलम मृत घोषित, अन्त्येष्टिका लागि गृहजिल्ला बारा लगिने

काठमाण्डु टुडे २०७० असोज २४ गते ७:३३ मा प्रकाशित

काठमाण्डु, २४ असोज– एमाले केन्द्रीय सदस्य एवम् बारा– ४ का उम्मेद्वार महमुद आलमको निधन भएको छ । alamअज्ञात समूहको गोली लागि गम्भीर घाइते भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका आलमलाई अस्पतालले बिहीबार मृत घोषित गरेको हो ।

एक साताअघि नचिनेका मान्छेहरुको समूहको गोली लागी गम्भीर घाइते भएका आलमको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई चिकित्कसले मृत घोषित गरेका नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष ताज मोहम्मद मियाँले काठमाण्डु टुडेलाई जानकारी दिए ।
आलमको अन्येष्टि गर्नेबारे एमाले शीर्ष नेतृत्वसँग छलफल गरेपछि मात्र टुुंगो लाग्ने जानकारी मियाँले दिए । आलमलाई अन्मित श्रद्धान्जलीका लागि एमाले मुख्यालय बल्खुमा राख्ने र अन्त्येष्टिका लागि गृहजिल्ला लैजानेबारे छलफल भइरहेको उनले बताए ।

अचेत अवस्थामा रहेका आलमको शरीरका सबै अंगले काम गर्न छाडिसकेको चिकित्सकले बताएका थिए । उनलाई गोली हान्नेको अझै पहिचान हुन सकेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

एमालेनिकट मुस्लिम इत्तिहाद संगठनका अध्यक्षसमेत रहेका मालमलाई संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएको एक दिनपछि गत शुक्रबार कार्यकर्ता भेटघाटका क्रममा बाराको लिपनीमाल पुगेका बेला भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us