
काठमाण्डु, २२ असोज– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिण्डिकेट र राष्ट्रपति डा रामबरण यादवको गलत निर्णयको कारण मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी चुनावी प्रक्रियाबाट बाहिरिएको दाबी गरेका छन् ।
राजधानीमा मंगलबार भएको कार्यक्रममा उनले वैद्यलाई बाहिर राखेर गरिएको निर्वाचनबाट आउने संकटको जिम्मेवारीसमेत उनीहरुले नै लिनु पर्ने बताए । ‘प्रचण्ड, सुशील कोइराला र झलनाथ खनालको हठका कारण वैद्य समूह निर्वाचन प्रक्रियाबाहिर छ’ , उनले भेन, यसबाट आउने परिणमको जिम्मेवारी उनीहरुले नै लिनु पर्छ ।’
यद्यपि उनले वैद्य समूहविना पनि मंसिर ४ गते जनताको उत्साहजनक सहभागितामा संविधानसभा निर्वाचन हुने र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउने दाबी गरे । उनले मधेसमा आफ्नो पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुने र देशभरको परिणाममा चौथो शक्ति बन्ने ठोकुवा गरे ।
मधेसवादी दलहरुवीच सहकार्यको प्रयास भए पनि सफल हुन नसकेको भन्दै उनले मतदान नहुन्जेलसम्म सहकार्यको सम्भावना भने बाँकी नै रहेको बताए ।