वागी उम्मेदवारको पार्टी सदस्यता खारेज गर्ने काँग्रेसको चेतावनी

काठमाण्डु टुडे २०७० असोज २२ गते ७:०५ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २२ असोज – नेपाली काँग्रेसले वागी उम्मेदवारी फिर्ता नलिनेको पार्टी सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध असन्तुष्ट काँग्रेस नेता–कार्यकर्ताले वागी उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि काँग्रेसले कारबाही गर्ने चेतावनी दिएको हो ।

काँग्रेस महामन्त्री प्रकाशमान सिंहले काठमाण्डु क्षेत्र नम्बर १ अन्तर्गत ११ वडा कमिटीले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री प्रकाशमान सिंहले आधिकारिक उम्मेदवारको पक्षमा मतदान नगरे पार्टी सदस्यता खारेज गर्ने चेतावनी दिएका हुन् । ‘पार्टीले बागी उम्मेदवारलाई फिर्ता गराउन अन्तिमसम्म कोशिस गर्छ यदी नमानेमा पार्टीको विधानअनुसार कारबाही गरी सदस्यता खारेज गरिन्छ,’ सिंहले भने ।

पार्टीको घोषणपत्र निर्माण अन्तिम चरणमा रहेकाले छिट्टै सार्वजनिक गरिने जानकारी पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us