परिर्वतन पक्षधरले नजिते संविधान बन्दैन : प्रचण्ड

काठमाण्डु टुडे २०७० असोज २२ गते ४:३९ मा प्रकाशित

Prachandaकाठमाण्डु, २२ असोज–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभा निर्वाचनमा परिवर्तन पक्षधर शक्तिको जित नभए मुलुक अन्धकारमा फँस्ने बताएका छन् ।
बडादसैं, दिपावली र छठका अवसरमा पार्टीको काठमाण्डु निर्वाचन क्षेत्र नम्बर–१ ले मंगलबार गरेको कार्यक्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई अपिल गरे ।

नयाँ गठन हुने संविधानसभाबाट पनि संविधान जारी हुन नसके गणतन्त्र, संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी गुम्ने खतरा रहेकाले सबै चनाखो हुनुपर्ने उनको भनाइ छ ।

आफ्नो पार्टीको स्पष्ट बहुमत आए संविधानसभाबाट आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध नयाँ नेपाल बनाउने संविधान निर्माण हुने दावी प्रचण्डले गरे । ४ मंसिरको निर्वाचन नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्ने अन्तिम अवसर भएको उनले बताए ।

‘दोस्रो संविधानसभा निर्वाचन नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्ने अन्तिम अवसर हो’, प्रचण्डले मतदातालाई भने, ‘यसलाई सदुपयोग गरेर परिवर्तन पक्षधर शक्तिलाई बहुमत दिनुस्, हामी संविधान दिन्छौं ।’

विगतमा संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा आफूहरुबाट कमजोरी भएको स्वीकार गर्दै उनले अब त्यस्तो कमजोरी नदोहोरिने दावी गरे । परिवर्तन पक्षधर शक्तिको बहुमत नरहेका कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको भन्दै उनले जनताले पनि विगतको कमजोरी नदोहो¥याउने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us