
झापा, २१ असोज–झापाको शान्तिनगरमा विषाक्त खाना खाँदा तीन दर्जन भन्दा बढी विरामी परेका छन् । विरामी परेका मध्ये १२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
शान्तिनगर ३ का नेत्र भट्टराईको घरमा भएको पूजाको प्रसाद खाएकाहरु विरामी परेका हुन् । विरामीहरुको कन्काई अस्पताल र मनमोहन मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।
भट्टराईको घरमा पकाएको खाना खाएका आफन्त र छिमेकीहरुमा टाउको दुख्ने, बान्ता हुने, रिंगाटा लाग्ने, बेहोस् हुने जस्ता लक्षण देखिएपछि अस्पताल भर्ना गर्नुपरेको हो । विरामीहरु सबै खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
तेह्रथुमका २० कैदीबन्दी अस्पताल भर्ना
यसैगरी जिल्ला कारागार तेह्रथुमका कैदीबन्दी पनि विषाक्त खानाका कारण विरामी परेका छन् । आइतबार राती मासु र पुलाउ खाएका २० जना कैदीबन्दी विरामी परेका हुन् । उनीहरुलाई उपचारकालागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
खाना खाएलगत्तै उनीहरुमा बान्ता हुने, पाखाला लाग्ने जस्ता लक्षण देखिएको थियो ।