एक गाउँ, नौं मतदाता

काठमाण्डु टुडे २०७० असोज २१ गते १:५२ मा प्रकाशित

डोल्पा, २१ असोज – एउटा गाउँमा नौं जनामात्र मतदाता छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर डोल्पाको उपल्लो डोल्पामा पर्ने धो गाउँ विकास समिति वडा नम्बर ५ कलाङ बस्तीमा भने नौं जनामात्रै मतदाता छन् ।

कलाङ बस्तीबाट धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलमा रहेको मतदान केन्द्रमा पुग्न झन्डै एक दिन पैदल हिँड्नुपर्ने भएपछि कलाङ बस्तीका बासिन्दाका लागि छुट्टै मतदान केन्द्र तय गरिएको हो ।

कलाङ बस्तीमा रहेका मतदातामध्ये तीन जना पुरुष र ६ जना महिला रहेका छन् । भौगोलिक विकटता र सुरक्षाका कारण कलाङ बस्तीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us