आज दशैंको तेस्रो दिन

काठमाण्डु टुडे २०७० असोज २१ गते ४:२३ मा प्रकाशित

durga-Deviकाठमाण्डु, असोज २१ – नवरात्रीको तेस्रो दिन सोमबार चन्द्रघण्टाको पूजा गरी मनाइदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ ।

काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us