चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा

काठमाण्डु टुडे २०७० असोज २१ गते ५:०० मा प्रकाशित

लहान, २१ असोज–चुनावलाई लक्षित गर्दै सिरहामा सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । चुनावलाई लक्षित गरेर भारतीय सीमासँग जोडिएका क्षेत्रमा विशेष निगरानी गरिरहेको प्रहरीले जनाएको छ ।

चुनावको सङ्घारमा कुनै किसिमको अप्रिय घटना हुन नदिनका लागि विशेष सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कृष्ण अधिकारीका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले तय गरेका सुरक्षा योजनाअनुरुप आफ्नो मातहतका क्षेत्रमा सुरक्षाको व्यवस्था गरिएको छ । संविधानसभाको निर्वाचनमा प्रत्यासी बनेका उम्मेदवारहरुले सुरक्षा माग गरेमा जिल्ला सुरक्षा समितिको सिफारिसअनुरुप सुरक्षाको व्यवस्था गर्न सकिने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।
सिरहामा रहेका छ निर्वाचन क्षेत्रमा ४२ जना स्वतन्त्रसहित २ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us