दशैं विदामा पनि सर्बोच्च अदालत खुल्ला

काठमाण्डु टुडे २०७० असोज २१ गते ८:१२ मा प्रकाशित

supreme-court-of-Nepalकाठमाण्डु, २१ असोज – सर्वोच्च अदालतले दशैंको कोजाग्रत पूर्णिमासम्म सार्बजनिक विदाको दिन पनि बन्दी प्रत्यक्षिकरण रिट सुनुवाईका लागि इजलास खुल्ला राख्ने भएको छ । बन्दी प्रत्यक्षिकरणको रिट सुनुवाई गर्न फूलपाती, टिकाको दिन र शनिवार बाहेक प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म इजलास बस्ने व्यवस्था मिलाइएको हो ।

‘व्यक्तिको वैयक्तिक अधिकार हनन् हुन नदिन दशैं विदाको समयमा पनि अदालत खुल्ला राख्ने निर्णय भएको हो,’ सर्बोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भने, ‘यो समयमा यसअघि अदालतमा दायर भएका र बन्दी प्रत्यक्षिकरणका रिट तथा विदाको समयमा आउने रिटमा सुनुवाई हुने छ ।’

न्याय प्रशासन ऐन, २०४८ को दफा २३ अनुसार सात दिन वा सो भन्दा बढी अवधिको लागि अदालत बन्द रहने भएमा प्रत्येक जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतको एक–एक जना न्यायाधीशलाई विदाको अवधिभित्र अदालतको अधिकार क्षेत्रमा पर्ने बन्दी प्रत्यक्षीकरणको निवदेनपत्र लिई त्यसको सुनुवाई गर्नुपर्नेछ ।

यसमा सर्बोच्च अदालत भएको ठाउँमा पुनराबेदन अदालत र जिल्ला अदालत खोल्न नपर्ने तथा पुनरावेदन अदालत भएको जिल्लामा जिल्ला अदालत खोल्न नपर्ने समेत व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us