बाबुको रिसले छोरालाई चोट

काठमाण्डु टुडे २०७० असोज २१ गते ९:५९ मा प्रकाशित

रत्ननगर (चितवन), २१ असोज–रिसलाई सम्हाल्न नसक्दा पीडादायी घटना सोमबार चितवनमा देखिएको छ ।
चितवनको बछौंलीका एक पुरुषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्दा छोरा गम्भीर घाइते भएका छन् ।
घरायसी विवादका कारण झगडा हुँदा श्रीमान् सुरेश राईले श्रीमती तारा राईमाथि धारिलो हतियार प्रहार गरेका  थिए । तर हतियार श्रीमतीलाई नलागी सुतिरहेका ३ वर्षीय छोरा रोशन राईलाई लाग्न पुगेको चितवनका प्रहरी निरीक्षक जीवलाल चुदालीले जानकारी दिए ।
उनका अनुसार अहिले छोरा रोशनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । खुट्टामा गम्भीर चोट लागेका उनको अहिले अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
बछौली बाघमाराका राई दम्पतीबीच यस्तो घटना हुन पुगेको हो । उनीहरू सुकुम्वासी हुन । घटनापछि सुरेशलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us