तुल्सीपुरमा ग्याङफाइट, दुईजना गम्भीर

काठमाण्डु टुडे २०७० असोज २१ गते ४:२१ मा प्रकाशित

तुल्सीपुर, २१ असोज– दाङको तुल्सीपुरमा दुई समहबीच सोमबार विहान झडप भएको छ । तुल्सीपुरको ओम शान्ति फिल्म हल नजिक भएको झडपमा दुईजना गम्भीर घाइते भएका छन् ।

स्थानीय हरिकृष्ण ओली र सुरज ओली गम्भीर घाइते भएका हुन् । उनीहरु दुबै स्थानीय एमाले कार्यकर्ता हुन् । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरु दुबैलाई उपचारकालागि बाँकेको नेपालगन्ज पठाइएको पत्रकार शरद रेग्मीले जानकारी दिए ।

पुरानो रिसिइवीका कारण दुई समुहबीच झडप भएको तुल्सीपुर प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us