एक महिनादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु

काठमाण्डु टुडे २०७० असोज २० गते ५:१३ मा प्रकाशित

दार्चुला, २० असोज । दार्चुला तथा बैतडीको मल्लदेही आसपासका क्षेत्रमा एक महिनादेखी अवरुद्ध सिडिएमए टेलिफोन सेवा शुरु भएको छ । दार्चुलाको सिप्टी गाविसमा रहेको स्काई टेलिफोनको टावरमा अज्ञात समूहले क्षति पु¥याउँदा एक महिनादेखि सो क्षेत्रमा टेलिफोन अवरुद्ध भएको थियो ।

सिडिएमए फोन सञ्चालन नहुँदा यस क्षेत्रका बासिन्दा सञ्चारविहीन भएका थिए । एक महिनापछि आफूहरू सञ्चार सेवाबाट सुचारु भएको मल्लादेही स्वास्थ्य चौकी इन्चार्ज पुरुषोत्तम नाथले जानकारी दिए ।

नेपाल टेलिकम दार्चुलाका अनुसार पाँच दिनसम्मको प्रयासबाट टावर मर्मत गरिएपछि अवरुद्ध फोन सेवा सुचारु भएको शाखा प्रमुख चन्द्रमान पालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us